बदला नलेऊ आपैmँलाई बदल : भगवान भाइ
सन्दकपुर संवाददाता
इलाम, ३ जेठ : ब्रम्हाकुमारी राजयोग सेवाकेन्द्रहरूको मुख्यालयको रूपमा रहेको भारत राजस्थानस्थित माउण्ट आबुमा रहेको बह्माकुमारी ईश्वरीय विश्वविद्यालयका राजयोगी ब्रह्माकुमार भगवान भाईले अरुसँग बदला लिनुको सट्टा आपैmँलाई बदल्न सक्नुपर्ने बताएका छन् । बदला लिनु भनेको भविष्यका लागि दुःखदायी काँडारुपी बीच रोप्नु भएकाले बदला लिनाले समस्या बढ्ने उनको भनाई थियो । इलाम आएका भगवान भाइले जेठ ३ गते बिहीबार जिल्ला कारागारका बन्दीहरूलाई संस्कार परिवर्तन एवम् ब्यवहार शुद्धि विषयमा प्रशिक्षण दिँदै यस्तो बताएका हुन् ।
ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र इलामले आयोजना गरेको कार्यक्रममा भगवान भाईले ब्यक्त गरेको सन्देशमुलक संवोधनको अंश यो समाचारको अन्त्यमा समावेश गरिएको छ । सो कार्यक्रममा विश्वविद्यालय सेवा केन्द्र कि बी.के. सत्यालले परमात्माले हामीलाई कर्मेन्द्रीयहरू दिएकोले त्यसको दुरुपयोग गर्नु नहुने बताइन् । अन्यथा आउने जन्ममा कर्मेन्द्रीयहरू अधुरो रुपमा मिल्ने भन्दै हात चोरी गर्नको लागि, आँखा ब्यर्थ देख्नको लागि नबनेकोले त्यस्तो कर्म गरे अन्त्यमा पछुताउनु पर्ने बताइन् ।
कारागारका जेलर सोनी रायले मानिसलाई सुधार्न भगवानले मौका दिएको भन्दै आप्mनो गल्ती वा कमजोरीलाई महसुस गरी त्यसलाई त्याग्नसके असल ब्यक्ति बन्न सकिने बताएका थिए । त्यस्तै ब्रह्माकुमारी यमुनाले भगवान भाईको परिचय उल्लेख गर्दै उनले देश विदेशमा ८०० वटा भन्दा बढी कारागार र पाँच हजारभन्दा बढी विद्यालयमा यस्तो सन्देश दिइसकेको बताइन् ।
भगवान भाईको सन्देशमूलक संवोधनको अंशः
(कर्मको गति बढो गहन छ, कर्मको आधारमा नै यो संसार चलने गर्दछ, कर्मले नै मनुष्य महान बन्दछ र कंगाल पनि बन्दछ । कर्मले नै मनुष्यलाई बाल्या डाकूबाट बाल्मिकि जस्तो रामायण लेख्नेवाला जस्तो महान ब्यक्रि बनाउँदछ । मनुष्य जीवन धेरै अनमोल छ, त्यसलाई ब्यर्थ कर्म गरेर ब्यथए गुमाउनु छैन । वास्तवमा मनुष्यले गरेको गल्तीहरूले नै उसलाई सफल ब्यक्ति बनाउँदछ तर केवल उसले आफुले गरेको गल्तिहरूलाई स्वयम्ले नै महसुस गरेर त्यसलाई परिवर्तन गर्नु आवश्यक छ ।
‘एकान्तमा बसेर स्वयम्को बारेमा चिन्तन गर्नु नै सोच्नु हो ।’ यो कारागार बन्दीहरूको लागि तपोस्थल हो, जसमा एकान्तमा बसेर स्वयम्को बारेमा टोलाउनु छ या सोच्नु कि म यो संसारमा किन आएको हुँ ? मेरो जीवनको के उद्धेश्य छ ? भगवानले मलाई के उद्धेश्यले यो संसारमा पठाएको हो र म के गर्दैछु ? वास्तवमा मलाई के गर्नु छ ? यस्तो चिन्तन गरेर आप्mनो ब्यवहार र संस्कारलाई परिवर्तन गर्नुछ । बाल्या डाकूले आप्mनो गल्तिहरू म्हसुस गरी त्यसलाई परिवर्तन गरी बाल्मिकि बन्नसके भने हामी के बन्न सक्दैनौ ? केवल परिवर्तनको आवश्यकता छ । कर्मले नै मनुष्य तर्ने तथा डुब्ने गर्दछ ।
कुनैपनि मनुष्य जन्मजात अपराधी हुँदैन, यो संसारमा आएपछि गलत संगत, गलत शिक्षा, ब्यवशन नशा, काम, क्रोध, लोभ, लालच आदि विकृतिका कारण अपराधी बन्न पुग्दछ । गलत कर्मले नै मनुष्य दुष्प्रवृत्तिवाला बनाउने गर्दछ ।
जीवनमा अपराध हुनाले मनुष्यलाई कारागारमा ल्याइन्छ । त्यसैले यो कारागार नभई सुधार गृह हो । सरकारले बन्दीहरूलाई आपूmमा सुधार ल्याउने हेतुले यहाँ राखेको हो । गल्तीहरूको चिन्तन गरेर तनाबमा जानुको साटो त्यसमा परिवर्तन ल्याउन जरुरी छ । तनावमा आउनुको कारण नै शरीरमा अनेक बिमारी र समस्याहरू आउने सम्भावना हुन्छ । त्यसैले तनाबबाट टाढा रहनको लागि गीताको महावाक्य याद राखौँ– जे भयो राम्रै भयो, जे हुँदैछ राम्रै हुँदैछ र जे हुन्छ राम्रै हुन्छ ।
‘बदला लिनुको सट्टा स्वयम्लाई बदलौँ ।’ जीवनको समस्या पूर्वजन्मको गलत कर्मको कारणले पनि आउने गर्छ, त्यसैले कर्मलाई श्रेष्ठ बनाउने प्रयास गरौँ । बदला लिनाले समस्या बढ्ने गर्छ, त्यसैले कर्मलाई श्रेष्ठ बनाउने प्रयास गरौँ । बदला लिनाले समस्या बढ्ने गर्छ, बदला लिनुको सट्टा स्वयम्लाई बदलौँ । बदला लिनु अर्थात भविष्यको लागि दुःखदायी काँडारुपी बीज रोप्नु हो । हाम्रो अरुसँग हिसाबकिताब हुनाको कारण दुर्घटनाहरू हुने गर्छन्, तर पनि धैर्यता, सहनशीलतालाई छोड्नु हुँदेन ।
‘स्वयम्लाई भुल्यौँ आप्mनो पिता परमात्मालाई भुल्यौँ, कर्मको परिणामलाई भुल्यौँ ।’ आप्mनो आसुरी वृत्तिहरूलाई परिवर्तन गर्नको लागि आध्यात्मिकताको आवश्यकता छ । हामी स्वयम्लाई भुल्र्याैँ, आप्mनो पिता परमात्मालाई भुल्यौँ, कर्मको परिणामलाई भुल्यौँ, जसको कारण गल्तिहरू ह्ुँदै गयो । हामी सबै आत्मा भाई भाई एक निराकार परमपिता परमात्माका सन्तान हौँ । चन्द्रमा, सूर्य, तारागणको पनि परबाट यो दुनियाँमा आएका छौँ । जब यो कुराहरूको स्मरण रहनेछ तब हामीद्वारा अपराध हुँदैन । काम, क्रोध, लोभ, मोह, अहंकार आदि मनोविकार हाम्रो दुश्मन हुन् । यी माथि नै हामीलाई जीत पाउनु छ ।







प्रतिकृया दिनुहोस