क्रोधले तनाब बढ्दछ
भगवान भाई
क्रोधले मानिसको विवेक नष्ट हुन्छ । क्षणिक क्रोध वा आवेशमा मानिसले कहिल्यै पनि सुधानु नसक्ने भूल गरि पठाउँछ । क्रोधको कारणले नै मानसिक तनाब पनि बढ्दछ ।
मनमा चल्ने नकारात्मक विचार, शङ्का, कुशङ्का, इष्र्या, घृणा अनि अभिमानको कारणले क्रोध अनेकौँ वर्षसम्म पश्चातापको कारण बन्न जान्छ । क्रोधको कारण आपसी मनमुनाब, सम्बन्धमा रुखोपन, मानसिक अनि शारीरिक अनेक बिरामीहरू हुँदै गइरहेको हुन्छ ।
अपराध अनि ब्यसनहरूको कारण क्रोध नै हो । वास्तवमा क्रोध नै मानिसको दुश्मन हो । क्रोधले गर्दा मानिसको घरको पानीको मटका पनि सुक्दछ । सुख शान्ति पनि हुँदैन । क्रोध गर्नाले तनाब, अनिन्द्रा जस्ता बिरामीहरू हुनुको कारणले दुब्र्यसनहरूको शिकार बन्दछ अनि आप्mनो अनमोल जीवनलाई नष्ट गरिदिन्छ ।
सकारात्मक चिन्तन नै क्रोमुक्त बन्नुको निम्ति संजिवनी बुट्टि हो । सकारात्मक चिन्तनले जीवनको समस्याहरूको समाधान हुँदछ । सकारात्मक चिन्तनले सहनशीलता आउँदछ अनि प्रत्येक विपरित परिस्थितिमा सकारात्मक दृष्टिकोणद्वारा तनाबमुक्त बन्न सकिन्छ ।
आध्यात्मिक ज्ञानलाई सकारात्मक चिन्तनको स्रोत हो । स्यवम्लाई अविनाशी आत्मा भनेर जान्नु, पिता परमात्मालाई जान्नु आप्mनो जीवनको वास्तविक उद्धेश्यलाई जान्नु नै वास्तविक आध्यात्मिकता हो । आध्यात्मिक ज्ञानद्वारा समस्या समाधानमा बद्लिन्छ । आध्यात्मिक ज्ञानद्वारा नै आपसी भाईचारा, स्नेह उत्पन्न भएर नराम्रोमा पनि राम्रो देख्ने आदत बन्दछ । जसद्वारा हामी क्रोधमुक्त, तनाबमुक्त बन्न सक्छौँ ।
(ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र माउण्ट आबु राजस्थान भारतबाट आउनुभएका वरिष्ट ब्रह्माकुमार भगवान भाईजीले शनिबार इलामको ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र भवनमा उपस्थितलाई संवोधन गर्दै दिएको सन्देश ।)
यो सँग सम्बन्धित तलको समाचार शिर्षक पनि हेर्नुहोस्ः






प्रतिकृया दिनुहोस